रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्ने, राष्ट्रपति चुनावमा भने अनिर्णित
मिति: २०२३-०२-२७ , समय : १४:४४:५४ , गामघर डेस्क
मिति: २०२३-०२-२७ , समय : १४:४४:५४ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन कायमै राख्नेभएको छ ।
सोमवार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले उपयुक्त समय नआउन्जेलसम्मका लागि सरकारलाई दिएको समर्थन यथावत् राख्ने निर्णय भएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयाे । उहाँले बैठकले राष्ट्रपति चुनावका लागि नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलले सहयोग मागे पनि अहिलेसम्म पार्टीले कसलाई समर्थन गर्ने भन्नेबारेमा कुनै निर्णय लिइ नसकेको स्पष्ट पार्नुभयो ।
सहमहामन्त्री बुर्लाकोटीले बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे पार्टी सभापति रवि लामिछानेले ब्रिफिङ गर्नुभएको बताउनुभयो । उज्यालोबाट
प्रकाशित मिति: २०२३-०२-२७ , समय : १४:४४:५४ , २ वर्ष अगाडि