नक्कली शरणार्थी प्रकरण : पूर्वमन्त्री खाण र रायमाझीसहित १६ जनालाई जेल पठाउन आदेश

मिति: २०२३-०६-१६ , समय : १९:४७:२३ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाण्डाै जिल्ला अदालतले पूर्वमन्त्रीसहित १६ जनालाई पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको छ ।

शुक्रवार जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, गृहमन्त्रीका पूर्व सुरक्षा सल्लाहकार इन्द्रजीत राई, निलम्बित सचिव टेकनारायण पाण्डेलगायत १६ जना अभियुक्तहरूलाई पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको हो ।

यस्तै अदालतले टंक गुरुङलाई १० लाख र लक्ष्मी महर्जनलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुद्दा चलाइएका ३० जनामध्ये १२ जना अझै फरार रहेका छन् । अभियुक्तहरूविरुद्ध ठगी, सङ्गठित अपराध, लिखत किर्ते, राष्ट्रहित प्रतिकूलको कसुर र एकीकृत कसुर मुद्दामा नियमअनुसार कैदसहित २८ करोड ८१ लाख ७४ हजार पाँच सय रुपैयाँ बिगो भराउन पनि माग गरिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा जिल्ला अदालत काठमाण्डौमा १२ दिनदेखि थुनछेकको बहस चलेको थियो । प्रतिवादीका कानुन व्यवसायीहरूको बहस हिजो बिहीवार सकिएपछि आज जिल्ला सरकारी वकिल र जाहेरीकर्ताका कानुन व्यवसायीहरूले जवाफी बहस गरेका थिए । उज्यालो अनलाइनबाट

प्रकाशित मिति: २०२३-०६-१६ , समय : १९:४७:२३ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित