शिबरात्रि पर्वकाे अवसरमा शिव महादेब मन्दिरमा भक्तजनहरुकाे भिड( फाेटाे फिचर सहित)

मिति: २०२३-०२-१८ , समय : १९:२२:१५ , Gamghar

Gamghar

लक्ष्मि चौधरी सप्तरी । अाज महा शिबरात्रिकाे पर्व , महा शिबरात्रि पर्वकाे अवसरमा सप्तरी सहित मुलुकभरका शिव मन्दिरहरुमा हजारौं भक्तजनहरुकाे भिड लागेको थियाे ।
महा शिबरात्रि पर्वको अवसरमा सप्तरीको सदरमुकाम राजविराज स्थित हरिनन्देश्वर महादेब मन्दिर , शम्भुनाथ नगरपालिका स्थित शम्भुनाथ मन्दिर , महादेबा गाउपालिका स्थित महदेबा मन्दिर , छिन्नमस्ता गाउपालिका वडा न.४ स्थित लालेश्वर नाथ मन्दिरका साथै जिल्लाभरिका शिव मन्दिरहरुमा भक्तजनहरुकाे पुजाअाजा गर्न भिड लागेको थियाे ।
एका बिहानै देखि अाज शिबरात्रि पर्वकाे अवसरमा हजारौं भक्तजनहरु उपवास बसि शिव र महादेबकाे पुजाअाजा गरि यस बर्षकाे महाशिबरात्रि पर्व मनाइएको छ ।
साेहि अवसरमा शम्भुनाथ स्थित शम्भुनाथ मन्दिरमा सप्तरी सहित छिमेकि सिराहा ,धनुषा ,महाेतरि ,सुनसरिका साथै छिमेकि भारतबाट समेत हजारौं भक्तजनहरु पुजाअाजा तथा दर्शन गर्नकाे लागि अाएकाे मन्दिर समितिले जनाएको छ । यस्तै राजविराज स्थित महादेब मन्दिरमा निशुल्क पुजाका सामग्रीहरु विभिन्न सङ्घ सस्थाले भक्तजनहरुलाइ बितरण गरेकाे छ । यसेगरि शिबरात्रि पर्वकाे अवसरमा छिन्नमस्ता गाउपालिका स्थित लालापटिमा विभिन्न नाचगान, धार्मिक कार्यक्रमका साथै तीन दिन सम्म कुसती प्रतियोगिता अायाेजना गरि यश बर्षकाे शिबरात्रि पर्व मनाउन लागेको स्थानीय नेता तेज नारायण यादवले जानकारी दिनुभयो ।
यसेगरि छिन्न्मस्ता गाउपालिका वडा न.१ बरहि बिरपुरमा समेत शिव महादेबकाे मन्दिरमा विभिन्न नाचगान लगायतका कार्यक्रम गरि प्रत्येक बर्ष झे यस बर्ष पनि महा शिबरात्रि पर्व मनाइरहेकाे स्थानीय याेगेन्द यादवले जानकारी दिनुभएको छ ।

यस्तै महा शिबरात्रि पर्वकाे अवसरमा राजधानि काठमाडौं स्थित पशुपति नाथकाे मन्दिरमा हजारौंको उपस्थितिमा शिबरात्रि पर्व मनाइएको छ ।
यसेगरि साेहि अवसरमा अाज विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरि शिबरात्रि पर्व मनाइरहेकाे छ ।

प्रकाशित मिति: २०२३-०२-१८ , समय : १९:२२:१५ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्