मधेस प्रदेश : घुस रकमसहित वडा सचिव अख्तियारको फन्दामा

मिति: २०२३-०६-१४ , समय : १८:०७:२८ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुरधाम ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मधेस प्रदेशको धनुषाको नगराईन नगरपालिकाका एक वडा सचिवलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

आयोगको बर्दिबास कार्यालयबाट खटेको टोलीले नगराईन नगरपालिका वडा नम्बर–२ का वडा सचिव अमृत झालाई बुधबार साँझ रंगेहात पक्राउ गरेको हो ।

सेवाग्राहीसँग काम गरेवापत वडा सचिव झाले नगद ७५ हजार रुपैयाँ घुस लिएको उजुरीका आधारमा आयोगको टोलीले उनलाई पक्राउ गरेको बताइएको छ ।

यता अख्तियारको टोलीले अहिले मुचुल्का उठाउने काम गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०६-१४ , समय : १८:०७:२८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित