घर जग्गा खरिद गर्न न्यून मात्रामा ऋणको व्यवस्था गर्न सरकारसँग माग

मिति: २०२३-०६-१२ , समय : ११:११:४५ , बिन्दु कुमार यादव

तस्बिर : गामघर टिभिबाट

बिन्दु कुमार यादव

राजविराज ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका केन्द्रिय अध्यक्ष हरि रावलले घर जग्गा खरिद गर्न कर्मचारीलाई न्यून मात्रामा ऋणको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
सप्तरीको राजविराजमा एक कार्यक्रम विच निजामती आवद्ध मधेश प्रदेशका पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण कार्यक्रममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। निजामती कर्मचारीका सेवा, सुविधा तथा सर्त, वृत्ति विकास, स्थानीय तहमा गएका कर्मचारीको समस्या बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।
संघीयताको मर्म संघीय निजामती ऐन ल्याउन नसकेको बताउँदै उनले जनता र कर्मचारीको हक हित प्रति लाग्न सहभागी कर्मचारीलाई आग्रह समेत गर्नुभयो । राज्यले विभिन्न वहानामा कर्मचारीको सेवा सुविधा कटौती गर्ने गरेकोमा आपत्ति जनाउँदै खाईपाई आएको सेवा सुविधा कटौती गर्न नपाउने बताए ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती मधेश प्रदेशका अध्यक्ष विकु यादवको अध्यक्षता तथा रावलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा संगठनमा सुरु देखि योगदान पुर्‍याएका व्यक्तिहरुलाई सम्मान समेत गरेका थिए ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका छोटेलाल यादव, उपेन्द्र यादव, शिव शंकर चौधरीलाई सम्मान गरी नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती मधेश प्रदेशका पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए।

प्रकाशित मिति: २०२३-०६-१२ , समय : ११:११:४५ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित