मधेस प्रदेश : नाला सफा गर्ने क्रममा भेटियो १०५ राउण्ड गोली

मिति: २०२३-०६-११ , समय : १७:१८:२५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुर । मधेस प्रदेशको वीरगञ्ज महानगरपालका वडा नम्वर ६ स्थित नाला सफाई गर्ने क्रममा आइतबार बिहान ठूलो परिमाणमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको छ ।

महानगरपालिकाका कर्मचारीहरुले नाला सफाई गर्ने क्रममा प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने १०५ थान गोली फेला परेको हो ।

नाइन एमएमको ३२ थान, ३८ बोरको २४ राउण्ड, एसएलआरको ४ राउण्ड, हर्नेटको १७ राउण्ड सहित अन्य विभिन्न बन्दुकमा लाग्ने गरि कुल १०५ राउण्ड गोली फेला परेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

फेला परेको मध्ये ४ वटा गाेली बिग्रेकोअवस्थामा भेटिएको पनि उनले जानकारी दिए ।

उक्त गोली कसले कहिले नालामा फालेको भन्ने बारे केही खुलेको छैन ।यसबारे अनुसन्धान भइरहेकाे प्रहरी उपरीक्षक शाहले बताए ।

नाला सफा गर्ने क्रममा गोली भेटिएपछि सफाइकर्मीले प्रहरीलाई खबर गरेका थिए । गोली भेटिएको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक शाह आफै गाेली भेटिएको स्थानमा पुगेका थिए ।

प्रकाशित मिति: २०२३-०६-११ , समय : १७:१८:२५ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित