सप्तरीको रुपनि गाउपालिका बन्यो किसान परिचयपत्र लागू गर्ने पहिलो पालिका

मिति: २०२३-०६-१० , समय : १६:०७:४७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीको रुपनि गाउपालिका बन्यो किसान परिचयपत्र लागू गर्ने पहिलो पालिका बनेको छ । नेपाल कृषि प्रधान देश भएकोले सप्तरीकाे रुपनि गाउपालिका ३९ जना किसानले किसान परिचयपत्र पाएका हुन् ।

जिल्लाको रुपनी गाउँपालिकाका ३९ जना किसानलाई एक कार्यक्रममा बिच वर्गीकरणसहितको किसान परिचयपत्र वितरण गरिएको हो । यस सँगै किसान परिचयपत्र वितरण गर्ने जिल्लाकै रुपनी पहिलो पालिका बनेको छ ।

जग्गाको क्षेत्रफल, आर्थिक हैसियत, परिवारको सङ्ख्यालगायतको मापदण्डको आधारमा ठुला, मध्यम, साना तथा भूमिहीन सीमान्तकृत मजदुर किसान गरी रुपनी गाउँपालिकाले किसानलाई चार तहमा वर्गीकरण गरेको छ ।

यता बाँकी तीन हजार नौ सय ९९ घरधुरी किसान परिवारलाई नै किसान परिचयपत्र वितरण गरिएको रुपनि गाउँपालिकाका सूचना अधिकारी जामुनकुमार दासले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२३-०६-१० , समय : १६:०७:४७ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित