नीति तथा कार्यक्रम र बजेट ल्याउने बेला कोशी प्रदेशमा अन्योल
मिति: २०२३-०६-१० , समय : ०८:१०:४८ , गामघर डेस्क
मिति: २०२३-०६-१० , समय : ०८:१०:४८ , गामघर डेस्क
गामघर डेस्क
विराटनगर । सातवटा प्रदेशमध्ये ६ वटा प्रदेशले नीति तथा कार्यक्रम ल्याएर बजेट बनाउने तयारी गरिरहँदा कोशी प्रदेशमा भने अन्योल बढेको छ ।
बजेट ल्याउने बेला जसपा र माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अन्योल बढेको हो । जसपाले गएको १७ गते र माओवादी केन्द्रले गएको २३ गते समर्थन फिर्ता लिएपछि एमाले नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ । मुख्यमन्त्री कार्कीले बुधबार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गर्नुभएको थियो, तर अल्पमतमा परेलगत्तै प्रदेशबाट पारित हुने सम्भावना नदेखेपछि उहाँले नीति तथा कार्यक्रम रोक्नुभएको छ । प्रदेशसभाको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ ।
९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सांसदको मात्रै समर्थन रहेकाले मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परेको हो । प्रदेशसभामा कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ सांसद छन् । संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले असार १ गतेभित्र बजेट ल्याउनुपर्छ ।
प्रकाशित मिति: २०२३-०६-१० , समय : ०८:१०:४८ , २ वर्ष अगाडि