समाचारकाे प्रभाव : राजविराज नगरपालिकाद्वारा तोकआदेशका कर्मचारी हटाउने निर्णय

मिति: २०२३-०६-०८ , समय : १६:५६:१३ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

राजविराज ।
सप्तरीको राजविराज नगरपालिकाले ऐनविपरीत ज्यालादारीमा नियुक्त गरेका कर्मचारी हटाउने निर्णय गरेको छ।

यसबारे गामघर डटकमले निरन्तर समाचार प्रकाशित भएपछि नगरपालिकाले स्थानीय सञ्चालन ऐनविपरीत गरेको कर्मचारी भर्ना हटाउने निर्णय गरेको प्रवक्ता जयनारायण मण्डलले जानकारी दिनुभयो ।

यता नगरप्रमुख भीमराज यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बित छन्। कार्यवाहक नगरप्रमुख भएकी उपप्रमुख इसरत परबिनले आफूखुसी कर्मचारी भर्ना गरेकी थिइन्।

प्रकाशित मिति: २०२३-०६-०८ , समय : १६:५६:१३ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित