अभिनेता पल शाह रिहा…..

मिति: २०२३-०२-२७ , समय : १२:१६:४५ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । नाबालिकामाथि जवरजस्तिकरणी मुद्दामा हिरासतमा रहेका अभिनेता पूर्णविक्रम शाह (पल शाह) रिहा भएका छन् ।

उच्च अदालत पोखराबाट हिजो सफाइ पाएपछि शाह आज तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पूरा गरेर छुटेका हुन् ।

शाहलाई उनका कानुन व्यवसायी कमलामोहन वाग्ले र परिवारका सदस्यले जिम्मा लिएका छन् । जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरे पनि उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्ट्याइ दिएपछि पल शाहले सफाइ पाएका हुन् ।

शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै एक गायिकाले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रकाशित मिति: २०२३-०२-२७ , समय : १२:१६:४५ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित