कहिले सुध्रिने सप्तरीका सामुदायिक विघालयहरु….घरमै बसेर तलब खान्छन बभनगामाकट्टिका शिक्षक शिक्षिकाहरु

मिति: २०२३-०६-०८ , समय : १५:२९:१२ , शुभ नारायण यादब

तस्बिर : शुभ नारायण यादव / गामघर टिभिबाट

शुभ नारायण यादब

राजविराज । सरकारले गुणस्तरीय शिक्षाको लागि बर्सेनि करोडौंको रकम खर्चिने गरेको छ , तर सप्तरीका अधिकाश सामुदायिक विघालयहरुकाे अवस्था दिन प्रतिदिन दयनीय बन्दै गएको छ । साेहि क्रममा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा न. ७ स्थित लक्ष्मी वल्लभ नरसिंह माध्यमिक विधालय बभनगामाकट्टिमा विहिबार माध्यमिक शिक्षा कक्षा ११ र १२ तर्फ ५ जना करार शिक्षक लगायत २ लेखापाल एकै चोटि अनुपस्थित रहेको विधालयमा अध्ययनरत विधयार्थीहरुले वताएका छन । साे विघालयकाे अाजकाे मात्रै यस्तो अवस्था नभइ सधैं यस्तै अवस्था रहेको गुनासो विघार्थिहरुकाे रहेको छ । त्यहाँका शिक्षक शिक्षिकाहरुले घरमै बसेर झण्डै ५० हजार भन्दा बढि तलब खाने गरेको छ ।
२००७ सालमा स्थापना भएको उक्त विधालयमा अधिकाश शिक्षक शिक्षिकाहरु एकैचोटी विधालय नअाउदा विधयार्थीहरु पढाइमा कठिनाई भोगनुपरेकाे बिघार्थिहरुकाे भनाइ रहेको छ ।
सोही विधालयमा कक्षा एक देखि तीन कक्षासम्म विधार्थीहरु संख्या शून्य रहेको विधालयका कार्यालय सहयोगीले वताए । विधालयमा कक्षा पाँचमा ११ जना , कक्षा ४ मा पाँच जना र कक्षा ६ मा ३३ जना गरि जम्मा ४९ जना दिवा खाजा खाने विधार्थी कक्षामा उपस्थिति रहेका थियो । स्रोतका अनुसार साे विघालयमा दिवा खाजा कार्यक्रमकाे लागि झन्डै ३ सय भन्दा बढि विघार्थिहरुकाे खाजा कार्यक्रमकाे रकम अाउने गरेको छ , तर विघालयमा भन्ने ५० जना पनि नियमित रुपमा बिघार्थिहरु उपस्थिति नहुने गरेको विघालय स्रोतले जनाएको छ । उक्त विघालयमा दिवा खाजा कार्यक्रममा अनियमितता भएकाले त्यसको अनुमान गर्नुपर्ने भन्दै स्थानीय बुद्धिजीवी तथा सराेकारबालाहरुले माग समेत गरेका छन । सोही विधालयमा वास्तवमा दिवा खाजा कार्यक्रममा अनियमितता भएकाले यसतर्फ सम्बन्धित निकाय अनुगमन गर्न किन ढिलाई गरिरहेका छन् ।
विधालय एउटा ज्ञानको भण्डार हो त्यहाँ ज्ञान दिने काम हुन्छ तर यहाँका शिक्षकहरु त्यो ज्ञान दिनमा किन पन्छिनुहुन्छ…..? भविष्यका कर्णाधार मानिने बालबालिकाहरुकाे लागी सरकारले लाखौंको सेबा सुबिधा उपलब्ध गराए तापनि विघालय प्रशासनले सो सुबिधाहरु सार्वजनिक गर्दैन किन …….? यता साे सम्बन्धमा विघालयका प्रधानाध्यापक बिपिन झाले अाफु काम बिशेषले बाहिर छु भन्दै माेबाइल अफ गर्नुभयो ।

प्रकाशित मिति: २०२३-०६-०८ , समय : १५:२९:१२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित