बङ्लादेशमा ट्रक र जीप ठोक्किँदा १४ जनाको मृत्युु , १२ जना घाइते
मिति: २०२३-०६-०८ , समय : १०:५०:४३ , गामघर डेस्क
मिति: २०२३-०६-०८ , समय : १०:५०:४३ , गामघर डेस्क
गामघर डेस्क
बङ्लादेश ।
बङ्लादेशको सिलेट जिल्लामा ट्रक र जीप ठोक्किँदा कम्तीमा १४ जनाको ज्यान गएको छ । अन्य १२ जना घाइते भएका छन् ।
राजधानी ढाकाबाट झण्डै २ सय ४० किलोमिटर उत्तरपूर्वमा रहेको सिलेटमा हिजो भएको दुर्घटनामा धेरैजसो मजदुर परेका सिलेटको दक्षिण सुर्मा प्रहरी चौकीका इन्स्पेक्टर मोहम्मद अबुल हुसेनलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । घाइते सबैको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।
बङ्लादेशमा सडक दुर्घटनाका कारण हुने मृत्युदर विश्वमै सबैभन्दा धेरै छ । खराब सडक र पुराना गाडी तथा चालकले ट्राफिक नियमको उल्लङ्घन गर्नु दुर्घटनाका प्रमुख कारण मानिएको छ । एजेन्सीबाट
प्रकाशित मिति: २०२३-०६-०८ , समय : १०:५०:४३ , २ वर्ष अगाडि