समाजवादी महिला संघ सप्तरीको अध्यक्षमा रमिला साह

मिति: २०२३-०६-०८ , समय : ०८:२६:२२ , शुभ नारायण यादब

तस्बिर : रमिला साहकाे फेसबुकवालबाट

शुभ नारायण यादब

राजविराज । जसपा नेपाल निकट समाजवादी महिला संघ सप्तरीको १५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।
समाजवादी महिला सङ्घकाे राजविराजमा सम्पन्न एक भेलाबाट रमिलादेवी साहकाे अध्यक्ष्ातामा जिल्ला कार्य समिति सर्वसम्मत चयन गरिएको हाे । गठित समितिकाे उपाध्यक्षमा मन्जु खड्का, आशा झा , सचिबमा नितु पंडित , सह सचिबमा आशा कुमारी तामाङ र कोषाध्यक्षमा उषा देव यादवलाई चयन गरिएको जसपा नेपालले जनाएको छ ।
यसैगरी समितिको सदस्यहरुमा क्रमश शोभा देव, अनुराधा साह, आशा साह, ममता दास,आशादेवी साह,चन्दा कुमारी साह, सावित्री पण्डित,नविना खवास र सरस्वती राम रहेकी छिन ।
जनता समाजवादी पार्टी सप्तरीका उपाध्यक्ष हरेराम यादवको अध्यक्षता तथा जसपा नेतृ एवम पुर्व मन्त्री रेणु यादवको प्रमुख आतिथ्यमा अायाेजित कार्यक्रममा समाजबादी महिला संघका नव गठित सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।


उक्त कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य दिल कुमारी चौधरी, प्रदेश परिषद सदस्य उपेन्द्र साह, जिल्ला उपसचिव शम्भु कुमार यादव, राजविराज नगरपालिकाका कार्यबाहक प्रमुख इसरत परविन, हनुमान नगर कंकालिनी नगरपालिकाकि उपप्रमुख सरिता सिलपलिया यादव, समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सचिव तारकेश्वर यादव, केन्द्रिय सदस्य श्याम कुमार यादव, जसपा जिल्ला कार्यकारिणी समिति सदस्य लक्ष्मण यादव, सुचिता कुमारी यादव, समाजवादी महिला संघ प्रदेश उपाध्यक्ष गिता यादव लगायतका विभिन्न पालिकाका महिलाहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२३-०६-०८ , समय : ०८:२६:२२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित