वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पानीको अभाव, एक हप्ता पढाइ राेकियाे

मिति: २०२३-०६-०६ , समय : १९:२०:५२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पानीको समस्या भएको भन्दै एक हप्ताका लागि पठनपाठन स्थगित गरेको छ ।

धरानमा रहेको प्रतिष्ठानले सूचना निकालेर आजदेखि जेठ ३१ गतेसम्मका लागि पठनपाठन स्थगित गरेको जानकारी गराएको हो । सूचनामा पानी अभाव भएकाले इन्टर्न र बीडीएस दोस्रो वर्षमा अध्ययनरत बाहेक सम्पूर्ण विद्यार्थीको पठनपाठन रोक्नुपरेको बताइएको छ ।

एकेडेमिक्सकी सहायक डीन डा.भीम्मी सिंहले निकाल्नुभएको सूचनामा चरम पानी अभावको कारण समस्या भइरहेको विद्यार्थीहरुले लिखित गुनासो दिएकाले पढाइ स्थगित गर्नुपरेको उल्लेख छ ।

प्रतिष्ठानमा दैनिक तीस लाख लिटर पानी खपत हुने गरेको छ ।

प्रकाशित मिति: २०२३-०६-०६ , समय : १९:२०:५२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित