सप्तरीको बलान बिहुल गापाकाे ५ वटा सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु

मिति: २०२३-०६-०२ , समय : १०:४४:४१ , गामघर डेस्क

तस्बिर : मनाेज मरवेताकाे फेसबुकवालबाट

गामघर डेस्क

राजविराज सामुदायिक विद्यालय २०७४ को स्थानीय तहको निर्वाचन पछि स्थानीय सरकारको मातहत गएका छन् । सामुदायिक विद्यालयको गुणस्तर सुधार्नेतर्फ कति स्थानीय तहको ध्यान गएको देखिन्छ भने कतिले ध्यान दिन सकेका छैनन् । शिक्षाको गुणस्तर सामुदायिक विद्यालयमा खस्किँदै गएको नतिजाले पनि देखिन्छ ।

स्थानीय सरकारले आफ्नै पाठ्यक्रम पनि निर्माण गरेर सामुदायिक विद्यालयमा कार्यान्वयनमा ल्याएका छन् । पछिल्ला वर्षमा स्थानीय सरकारको मातहत गइसकेपछि सामुदायिक विद्यालयका भवन निर्माण लगायतका महत्त्वपूर्ण कामहरु पनि भैरहेको छ ।

सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि मधेश प्रदेशका सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिकाले पनि निकै उदाहरणीय काम गरेको छ ।उनले पालिका भित्र रहेका ५ वटा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन सुरु गरेपछि चौतर्फी चर्चा भैरहेको छ ।यहाँ जनमत पार्टीबाट गाउँपालिका अध्यक्षमा खेमचन्द्र यादव निर्वाचित भएको हो।उनी निर्वाचित भएपछि शिक्षा ,स्वास्थ्य क्षेत्रमा राम्रो काम गरिरहेका स्थानीयहरुले बताउँछ ।

प्रकाशित मिति: २०२३-०६-०२ , समय : १०:४४:४१ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित