मधेस प्रदेशमा गर्मिसगे तातो हावा चल्ने सम्भावना, अझै केही दिन पानी नपर्ने
मिति: २०२३-०६-०२ , समय : ०९:२२:४४ , गामघर डेस्क
मिति: २०२३-०६-०२ , समय : ०९:२२:४४ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । मधेस प्रदेशका जिल्लामा तातो हावा चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
तराई मधेसका धेरैजसो जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि पुगेकाले तातो हावा चल्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले जानकारी दिनुभयो ।
तराई मधेसका जिल्लामा केही दिनयता बिहानदेखि बेलुकासम्म नै टन्टलापुर घाम लाग्ने गरेको छ । यसले गर्दा तातो हावा चल्ने र लु लाग्ने सम्भावना धेरै हुने मौसमविद् प्रधानांगले बताउनुभयो । यस्तै, अहिले काठमाण्डौसहित पहाडी क्षेत्रमा पनि घाम चर्किएको छ ।
तत्काल पानी पर्ने सम्भावना नदेखिएकाले गर्मी अझै बढ्ने मौसमविद्ले बताएका छन् ।
प्रकाशित मिति: २०२३-०६-०२ , समय : ०९:२२:४४ , २ वर्ष अगाडि