जग्गाको किताकाट खाेल्नुपर्ने लगायतका विभिन्न २० बुदे माग सहित लाेसपाले राजविराज नगरपालिकामा बुझाए ज्ञापनपत्र
मिति: २०२३-०६-०१ , समय : १७:४७:४० , शुभ नारायण यादब
मिति: २०२३-०६-०१ , समय : १७:४७:४० , शुभ नारायण यादब
शुभ नारायण यादब
राजविराज । सप्तरीको राजविराज नगरपालिकाकाे उदासीनताले हालसम्म किताकाट नखुलेको भन्दै विभिन्न २० बुदे माग सहित लाेसपा नेपालले राजविराज नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । लाेकतान्त्रिक समाजवादी पार्टी नेपालका सन्याेजक दिपेन्द्र चौधरीकाे नेतृत्वमा निकालिएको नेता तथा कार्यकर्ताहरुले एक समहुले राजविराज नगरपालिकाकि कार्यवाहक मेयर इसरत परविनलाइ साे ज्ञापनपत्र बुझाएका हुन ।
बुझाइएको ज्ञापनपत्रमा यहाँका किसान तथा मजदुरहरूले नगरपालिकाबाट पाउनुपर्ने सिचाइ , मलखाघ , बीउ ,बिजन लगायतका सेवा सुबिधाहरु नपाएको दुख ब्यक्त गर्दै वृद्ध ,एकल महिला ,अपांगता भएका ब्यक्ति लगायतकाे सामाजिक सुरक्षा भत्ता समयमै उपलब्ध गराउनुपर्ने , पछिल्लोपटक गर्मि बढेसगे राजविराज नगरपालिकामा लामखुट्टेकाे प्रकाेपबाट नगरबासिहरु त्रशीत रहेकाले यसबाट मुक्ति दिनुपर्ने , बढदाे गर्मिसगे लाेडसेडिङ्ग बढेकाले बेकल्पिक व्यवस्था गर्नुपर्ने माग गरेको छ । यस्तै गाउँ ब्लक तथा अव्यवस्थित बसाेबासिहरुलाइ लालपुर्जा वितरणमा ढिलाइ भएकोले साे समाधान गर्नुपर्ने , घर निर्माणकाे नक्सा पास गर्ने कार्यमा बिना मतलबकाे ढिलाइ र हेरानिबाट मुक्त गर्नुपर्ने , विभिन्न सन्चारमाध्यममा नगर कार्यपालिकासग जाेडिएकाे भ्रष्टाचार सम्बन्धित समाचारहरु प्रकाशन भएकाले त्यसको उचित छानवीन हुनुपर्ने , राजविराजकाे बिटाेरि जग्गाकाे लेनदेन व्यवहार खुकुलो हुन नसकेकोमा चिन्ता ब्यक्त गर्दै राजविराज हटियामा अवरुद्घ भवन तत्काल पूरा गरि तरकारी तथा माछा हाट व्यवस्थित गर्नुपर्ने माग गरिएको छ ।
यसेगरि नगर क्षेत्रका अधुरा सडक तथा नाला निर्माणका याेजनाहरु अलपत्र परेकाले साे निर्माण कार्य अगाडि बढाउनुपर्ने , गजेन्द्र स्मारक चोककाे पुर्न निर्माण तथा उघान व्यवस्थापन गर्नुपर्ने , राजविराज नगरपालिकाकाे सलाना बजेट नगरवासिले किन थाहा नपाएको भन्दै साे अविलम्ब गर्नुपर्ने , अधुरो बसपार्क अविलम्ब सन्चालन गर्नुपर्ने तथा छाडा पशु चाेपायाहरुलाइ व्यवस्थित गर्नुपर्ने माग ज्ञापनपत्र मार्फत गरिएको छ । त्यस्तै स्वास्थ्य सेवा तथा सुबिधाकाे विस्तार , स्वास्थ्य बिमा कार्य तथा शेक्षिक गुणस्तरकाे सुधार सम्बन्धि कार्य शुभारम्भ हुनुपर्ने , अार्थिक बर्ष सकिन १ महिना मात्रै बाकि पुजिगत खर्च १७ प्रतिशत मात्र हुन सक्नु राजविराज नगरपालिकाकाे विकासकाे दृष्टिले निकै दुखद भएकाले साे सुधार गर्नुपर्ने तथा सरकारले ताेकिएकाे एेन कानुन अनुरुप खुला प्रतिस्पर्धाकाे माध्यमबाट मात्र कर्मचारीकाे पदपूर्ति गर्नुपर्ने लगायतका मागहरु अघि सारी ज्ञापनपत्र बुझाएको छ । उक्त ज्ञापनपत्र बुझाउने कार्यक्रममा लाेसपा नेपालका केन्द्रीय नेताहरु जय प्रकाश ठाकुर , गजेन्द्र मण्डल , राजविराज नगरपालिकाका पुर्व मेयर शम्भु यादव , पुर्व उपमेयर साधना झा , जिल्ला अध्यक्ष सुनिल झा , मनाेज झा , गुड्डु देव लगायत वडाअध्यक्ष समेतकाे उपस्थिति रहेको थियाे ।
प्रकाशित मिति: २०२३-०६-०१ , समय : १७:४७:४० , २ वर्ष अगाडि