पेट्रोलियम पाइपलाइन र भण्डारणका तीन परियोजना बनाउन नेपाल र भारतबीच समझदारी, नेपालसँगको सीमा समस्या समाधान गर्छौं : प्रम माेदि
मिति: २०२३-०६-०१ , समय : १५:०२:०८ , गामघर डेस्क
मिति: २०२३-०६-०१ , समय : १५:०२:०८ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । दुई वटा पेट्रोलियम पाइपलाइन र पेट्रोलियम भण्डारणका तीन परियोजना बनाउन नेपाल र भारतबीच समझदारी भएको छ ।
समझदारीअनुसार भारतको सिलिगुडीदेखि नेपालको झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ ।
यस्तै अमलेखगञ्जसम्म रहेको हालको पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनको लोथरसम्म ल्याउन पनि दुई देशबीच समझदारी भएको छ ।
भारतले झापाको चारआलीमा पेट्रोलियम भण्डारण डिपो पनि बनाउने छ । यी तीन परियोजनाको कुल लगानी १७ अर्ब रुपैयाँ भन्दा बढीको हुनेछ ।
नेपाल-भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदी उपस्थितिमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र उनका समकक्षी हर्दिप सिंह पुरीले हस्ताक्षर गरे ।
यसेबिच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग रहेको सीमा लगायतका सबै समस्याको समाधान गर्ने बताएका छन् ।
भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हैदराबाद हाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले दुई देशको सम्बन्धलाई हिमालय जति उचाई दिन काम गरिरहने बताए ।
उनले भने, ‘यही भावनाले सबै मुद्दा, चाहे सीमाको होस् वा अरु सबैको समाधान गर्छौं ।
प्रकाशित मिति: २०२३-०६-०१ , समय : १५:०२:०८ , २ वर्ष अगाडि