प्रेममा सम्बन्ध बिग्रिएपछि चक्कु प्रहार गरि प्रेमिका र काकाको हत्या

मिति: २०२३-०६-०१ , समय : १४:५५:४६ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाडौं । प्रेम सम्बन्ध बिग्रिएपछि रुपन्देहीका एक युवाले प्रेमिका र उनका काकाको हत्या गरेका छन् ।

रुपन्देहीको कञ्चन गाउँपालिका-२ का २२ वर्षीय मोहन थारुले कपिलवस्तुको बाणगंगा नगरपालिका-६ मटेरिया घर भएकी प्रेमिका २२ वर्षीया अन्जनी थारु र उनका काका ७० वर्षीय बमबहादुर थारुको चक्कु प्रहार गरी हत्या गरेका हुन् ।

बिहीबार बिहान सवा नौ बजेतिर प्रेमिकाको घर पुगेर मोहनले अन्जनीमाथि चक्कु प्रहार गरेका थिए । मोहनलाई रोक्न पुगेका काकालाई समेत उनले चक्कु प्रहार गरेका थिए ।

चक्कु प्रहारपछि गम्भीर घाइते बमबहादुरको कपिलवस्तुकै चार नम्बरमा र अन्जनीको मेडिकल कजेल भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन बस्नेतले बताए ।

चक्कु प्रहार गर्ने मोहन थारुलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको बस्नेतले बताए ।

यता मोहन र अन्जनीबीच प्रेम सम्बन्ध रहेपनि पछिल्लो समय सम्बन्ध बिग्रिएको थियो । अन्जनीले मोहनलाई बेवास्ता गर्दै आएकाले त्यसैलाई कारण बनाएर मोहनले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । अनलाइनखबरबाट

प्रकाशित मिति: २०२३-०६-०१ , समय : १४:५५:४६ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित