प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

मिति: २०२३-०६-०१ , समय : १२:२९:३२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डौ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भइरहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसमा भेटवार्ता भइरहेको हो ।

प्रधानमन्त्रीस्तरीय छलफलपछि प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ । त्यस लगत्तै विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।

दुई देशका प्रधानमन्त्रीले संयुक्तरुपमा पत्रकार सम्मेलन पनि गर्दैछन् ।

प्रधानमन्त्री प्रचण्डको सम्मानमा भारतीय प्रधानमन्त्रीले दिउँसो हैदरावाद हाउसमै दिवा भोज आयोजना गर्नु भएको छ ।

आजै प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेटवार्ता गर्ने तयारी छ ।

प्रधानमन्त्री प्रचण्ड चार दिने भ्रमणका क्रममा हिजो भारतको नयाँ दिल्ली पुग्नुभएको हो ।

प्रधानमन्त्रीको भारत भ्रमणले विगतका केही वर्षमा नेपाल–भारत सम्बन्धमा देखिएको उतारचढावलाई सहजीकरण गर्ने उहाँको सचिवालयले जनाएको छ ।

यस्तै भ्रमणको क्रममा ऊर्जा व्यापार, पारवहन सन्धिको संशोधनसहितका विषयमा निर्णय हुन सक्ने नेपाली अधिकारीहरूले बताएका छन् ।

प्रधानमन्त्री प्रचण्ड पर्सि शनिवार स्वदेश फर्किनु हुनेछ ।

प्रकाशित मिति: २०२३-०६-०१ , समय : १२:२९:३२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्