मधेस प्रदेश : ठगी आरोपमा नगरपालिकाका मेयरका छोरा पक्राउ
मिति: २०२३-०५-३१ , समय : १५:१०:१७ , गामघर डेस्क
मिति: २०२३-०५-३१ , समय : १५:१०:१७ , गामघर डेस्क
गामघर डेस्क
जनकपुर ।
ठगी आरोपमा मधेस प्रदेशको सर्लाहीको हरिवन नगरपालिकाका मेयरका छोरा पक्राउ परेका छन् ।
वैदेशिक रोजगारीमा पठाईदिने भन्दै विभिन्न व्यक्तिसँग पैसा उठाएर ठगी गरेको भन्दै हरिवनका निरोज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।
हरिवनका मेयर कमल बुढाथोकीका जेठा छोरा निरोजलाई मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलिले पक्राउ गरेको हो ।
बुढाथेकीले सर्बिया पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग १२ लाख रूपैंया ठगी गरेको आरोपमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०५-३१ , समय : १५:१०:१७ , २ वर्ष अगाडि