भारत नयाँदिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ
मिति: २०२३-०२-२७ , समय : १०:५९:५५ , गामघर डेस्क
मिति: २०२३-०२-२७ , समय : १०:५९:५५ , गामघर डेस्क
गामघर डेस्क
भारत । भारत नयाँदिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ परेका छन् । केन्द्रीय अन्वेषण ब्युरो सीबीआईले सिसोदियालाई हिजो बेलुका पक्राउ गरेको हो । सीबीआईले दिल्लीको मदिरा नीति सम्बन्धमा भएको भनिएको भ्रष्टाचारबारे अनुसान्धान गरिरहेको थियो ।
अनुसन्धानका क्रममा सिसोदियालाई सीबीआईले कार्यालयमा बोलाएको थियो । सिसोदियाले अनुसन्धानमा नसघाएको आरोप लागेको बीबीसी हिन्दीले जनाएको छ । सिसोदिया आम आदमी पार्टी (आप) का नेता हुन् । उनको गिरफ्तारीलाई आम आदमी पार्टीले तानाशाही भनेको छ ।
आपले भारतीय जनता पार्टी भाजपाले राजनीतिक प्रतिशोध साधेको आरोप लगाएको छ । उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ परे पछि नयाँ दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ । सीबीआईको मुख्यालयभन्दा बाहिर र्यापिड एक्सन फोर्स तैनाथ गरिएको बीबीसी हिन्दीले जनाएको छ । एजेन्सीबाट
प्रकाशित मिति: २०२३-०२-२७ , समय : १०:५९:५५ , २ वर्ष अगाडि