सप्तरीको तिलाठी कोईलाडीमा धान बिउँको अनुदानमा व्यापक नियमितता
मिति: २०२३-०५-३१ , समय : ११:३१:४१ , नविन निर्भय यादव
मिति: २०२३-०५-३१ , समय : ११:३१:४१ , नविन निर्भय यादव
नविन निर्भय यादव
राजविराज । स्थानीय तहले ५० प्रतिशत अनुदानमा वितरण गरिने वर्षे धान बिउँमा अनियमिता भएको खुलासा भएको छ । एउटै जातको बिउँमा फरक–फरक मुल्य राखिएको भन्दै किसानहरुले अनियमितता भईरहेको आरोप लगाएका हुन ।
५० प्रतिशत अनुदानमा वितरण गरिहेको धानको मुल्यमा सप्तरीको अग्नि साइर कृष्णा सवरण गाउँपालिका र छिन्नमस्ता गाउँपालिका भन्दा तिलाठी कोइलाडी गाउँपालिकाको प्रति किलोग्राममा १४ ?पैयाका दरले बढी मुल्य राखिएको भन्दै अनियमितता गरेको आरोप लगाएका छन ।
छिन्नमस्ता र अग्नि साइरले रंजित धान प्रति केजी क्रमशः३६ ?पैया र ३७ ?पैया दर राखिएको छ ।त्यस्तै,तिलाठी कोइलाडीेले सोही धान बिउँमा ५० ?पैया प्रति केजी दर राखिएको छ । किसानका लागि राखिएको मुल्यको ठयाक्कै दोब्बर मुल्यमा पालिकाले खरिद गरिएको पाईएको छ ।
सोही गाउँपालिका वडा नम्बर–४ सकरपुरा बस्ने शिवनाथ यादवले धान बिउँमा गाउँपालिकाले बढी मुल्य राखेर पालिकाको बजेटमा अनियमितता र किसानको आर्थिक शोषण गरिरहेको आरोप लगाए ।
‘जनताको मतबाट निर्वाचित जनप्रतिनिधी र कर्मचारीको मिलोमतोमा किसानलाई बढी मुल्यमा धान बिउँ बेच्नु भ्रष्टाचार नै भएको बुझ्नुपर्छ । स्थानीय तहमा मौलाएको अनियमिततालाई नियमन गर्ने निकाय समेतले टुलुटुलु हेर्नु दुखःद हो ।’उनले भने ।
सबैभन्दा कम दर रेटमा सोनाइ बिज सप्लायर्सलाई पालिकाले टेण्डर दिएको कृषि शाखाका उदयकान्त झाले जानकारी दिएका छन । ‘चारवटा सप्लायर्सले टेण्डर भरेको रहेछ । जसमध्ये सबै भन्दा कम दर रेट राखेको सोनाइ बिज भण्डारलाई टेण्डर दिइएको छ ।यसमा कुनै अनियमितता भएको छैन।’ उनले भने ।
किसानको धान बाली लगाउन अहिले बिउँ छर्नेबेला आएको छ । यसै समयमा बिउँ छरेपछि साउन महिनाबाट धान रोप्ने छन । बजार भन्दा गुणस्तरीय बिउँ स्थानीय सरकारबाटै ५० प्रतिशत अनुदानमा पाउनेमा समेत अनियमितता भईरहेको प्रति किसानले आक्रोश समेत व्यक्त गरेका छन ।उत्पादन भन्दा धान खेतीमा किसानको लगानी धेरै लागिरहेको अवस्थामा पालिकाले समेत सप्लायर्सबाट कमिसन खाने उद्घेश्यले बढी मुल्य राखेर बिउँ वितरण गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०५-३१ , समय : ११:३१:४१ , २ वर्ष अगाडि