मधेस प्रदेश : दिनदहाडै एनएमबी बैंकबाट झन्डै ३८ लाख लुटियाे

मिति: २०२३-०५-३० , समय : १६:१९:३० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुर ।
मधेस प्रदेशको महोत्तरीको महोत्तरी गाउँपालिका वडा न. २ बजारस्थित एनएमबी बैंकमा लुटपाट भएकाे छ। नकाब लगाएर हतियारसहित आएकाे चारजनाकाे समूहले बैंकबाट ३८ लाखभन्दा बढी लुटपाट गरेकाे प्रहरीले जनाएकाे छ।

अाज मंगलबार अपराह्न करिब साढे १२ बजे बैंक प्रवेश गरेको उक्त समूहले कर्मचारी तथा सेवाग्राहीलाई नियन्त्रणमा लिई पैसा लुटेको प्रत्यक्षदर्शीले बताए। उनीहरू सबैसँग लोकल मेड पिस्तोल रहेको प्रहरीले जनाएकाे छ।

यता साे घटनाबारे अनुसन्धान तथा लुटेराहरूकाे खोजीकार्य भइरहेकाे महोत्तरीका एपी प्रकाश मल्लले जानकारी दिनुभयो । उहाले प्राप्त सिसिटिभी फुटेज अध्ययन भइरहेको र लुटेराहरू भाग्न सक्ने रुटसमेतकाे व्यापक खोजतलास भइरहेको बताउनुभयाे ।

प्रकाशित मिति: २०२३-०५-३० , समय : १६:१९:३० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित