बजेट भाषण : पूर्व पश्चिम राजमार्ग विस्तारलाई ३१ अर्ब २ करोड रुपैयाँ बजेट , त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने

३० अर्ब रुपैयाँले घट्यो भौतिक पूर्वाधारको बजेट, खुद्रे आयोजना हटाइयो

मिति: २०२३-०५-२९ , समय : १८:४५:१४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डौ । सरकारले पूर्व पश्चिम राजमार्ग विस्तारलाई तीव्रता दिने भएको छ ।

नारायणगढ बुटवल र कमलाकञ्चनपुर खण्डको विस्तार तथा स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने उल्लेख छ ।

कमला–ढल्केवर– पथलैया, वुटवल–गोरूसिङ्गे, काकडभिट्टा– लौकही, पथलैया–नारायणगढ र लमही– भालुवाङ्ग सडक खण्डको स्तरोन्नति सुरू गरिने भएको छ ।

नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण सुरू हुने भएको छ ।

पूर्व– पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिका लागि ३१ अर्ब २ करोड विनियोजन भएको छ ।

यसेबिच सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि एक खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले खुद्रे आयोजनामा बजेट नदिएर सम्पन्न भएर नतिजा देखिने खालका रणनीतिक आयोजनामा मात्रै बजेट व्यवस्था गरेपछि भौतिक पूर्वाधार मन्त्रालयको बजेट ३० अर्ब रुपैयाँले घटेको हो । चालु आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि एक खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
यस्तै सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रूपमा विकास गर्ने भएको छ । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आउँदाे आर्थिक वर्षकाे बजेट प्रस्तुत गर्दै याे जानकारी दिनुभएकाे हाे ।

यस्तै विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, बैतडीमा दशरथ चन्द क्रिकेट रङ्गशाला, कैलालीमा फाप्ला क्रिकेट रङ्गशाला र काठमाण्डाैमा सुवर्णशमसेर क्रिकेट रङ्गशाला निर्माण गरिने बजेटमा उल्लेख छ ।

प्रकाशित मिति: २०२३-०५-२९ , समय : १८:४५:१४ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित