बजेट भाषण : सामाजिक सुरक्षा भत्ता यथावत् , क्षयरोगमुक्त नेपाल अभियान’ का लागि १ अर्ब १५ करोड रुपैयाँ
मिति: २०२३-०५-२९ , समय : १८:२२:५३ , गामघर डेस्क
मिति: २०२३-०५-२९ , समय : १८:२२:५३ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । सरकारले सामाजिक सुरक्षा भत्ता यथावत् राखेकाे छ । आउँदाे आर्थिक वर्ष २०८०/८१ काे बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सामाजिक सुरक्षा भत्ता यथावत् राखेकाे बताउनुभयाे ।
सरकारले सामाजिक सुरक्षाअन्तर्गत ६८ वर्षमाथिका नागरिकलाई मासिक चार हजार रुपैयाँ प्रदान गर्दै आएकाे छ ।
यसेबिच सरकारले ‘क्षयरोगमुक्त नेपाल अभियान’ अन्तर्गत रोगीहरूको पहिचान गर्न र निःशुल्क औषधि उपलब्ध गराउनका लागि एक अर्ब १५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
आउँदो आर्थिक वर्ष २०८०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई तीन सय शय्यामा विस्तार गरी पोखरा, सुर्खेत, डोटी र भरतपुरमा निर्माणाधीन प्रादेशिक सरुवा रोग अस्पताल आउँदो वर्ष सम्पन्न गरी सञ्चालनमा ल्याइने बताउनुभयो ।
सरुवा रोग अस्पताल निर्माण एवम् विस्तारका लागि बजेटमा ४६ करोड रुपैयाँ विनियोजनसमेत गरिएको छ ।
प्रकाशित मिति: २०२३-०५-२९ , समय : १८:२२:५३ , २ वर्ष अगाडि