आधारभूत स्वास्थ्य सेवा निःशुल्क , शिक्षामा एक खर्ब ९७ अर्ब २९ करोड बजेट
मिति: २०२३-०५-२९ , समय : १८:११:२१ , गामघर डेस्क
मिति: २०२३-०५-२९ , समय : १८:११:२१ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं ।
सरकारले ९८ प्रकारका औषधि, खोपलगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ ।
मुलुकभरका ६ हजार ७ सय ४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लिन सकिने जनाएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष ०८०÷०८१ का लागि बजेट प्रस्तुत गर्दै यस्तो जनाएका हुन् । उनले औषधि, खोपलगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन एक अर्ब २८ करोड विनियोजन गरेको जानकारी दिए ।
कार्यक्रमअन्तर्गत स्वदेशमा नै उत्पादित औषधि खरिद गर्न प्राथमिकता दिने सरकारले लक्ष्य लिएको छ । बहुसंख्यक जनताले सेवा प्राप्त गर्ने गरी पायक पर्ने स्थानमा आधारभूत अस्पताल निर्माण तथा सञ्चालन गर्न प्राथमिकता दिइने बजेटमा उल्लेख छ ।
यसेबिच सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ को लागि शिक्षा क्षेत्रमामा एक खर्ब ९७ अर्ब २९ करोड बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमार्फत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको लागि सो आकारको बजेट सार्वजनिक गरेका हुन्। अघिल्लो वर्ष १ खर्ब ९६ अर्ब ३८ करोड बजेट विनियोजन गरिएकोमा यो वर्ष केहीले वृद्धि गरिएको हो।
प्रकाशित मिति: २०२३-०५-२९ , समय : १८:११:२१ , २ वर्ष अगाडि