राजस्व कम उठेको भन्दै सरकारले जग्गाको कित्ताकाट खोल्यो , गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने

मिति: २०२३-०५-२९ , समय : १७:५३:४६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डाै । सरकारले आउँदो आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत जग्गाको कित्ताकाट फुकुवा गरेको छ ।

आउँदो आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले राजस्व सङ्कलनमा कमी आएको भन्दै कित्ताकाट खुलाउने बताउनुभयो । यसले घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने उहाँले बताउनुभयो ।
यसेबिच सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । औषधिको प्रयोजनका लागि लागि सरकारले गाँजा खेतीको अध्ययन गर्ने भएको हो ।

संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले औषधिको प्रयोजनका लागि गाँँजा खेतीको अध्ययन गरिने बताउनुभयो ।

सरकारले किसानका लागि ‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा गरेको छ । अर्थमन्त्री महतले कृषि क्षेत्रको विकासका लागि किसानलाई उत्पादनमा प्रोत्साहन दिन याे कार्यक्रम ल्याइएको बताउनु भयो । उहाँले उत्पादन साथमा, अनुदान हातमा भन्ने नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने बताउनुभयो ।

प्रकाशित मिति: २०२३-०५-२९ , समय : १७:५३:४६ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित