सप्तरीको राजविराज नगरपालिकाका कार्यबाहक मेयर र प्रशासकीय अधिकृतमाथि अख्तियारले शुरु गर्याे छानबिन…
मिति: २०२३-०५-२९ , समय : १५:०६:२५ , शुभ नारायण यादब
मिति: २०२३-०५-२९ , समय : १५:०६:२५ , शुभ नारायण यादब
शुभ नारायण यादब
राजविराज ।
सप्तरीको राजविराज नगरपालिकाका कार्यबाहक नगरप्रमुख इसरत परविन र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र प्रसाद यादवमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ।
यस गामघर डटकममा ‘भ्रष्टाचारमा मेयर निलम्बित, उपमेयर र प्रशासकीय अधिकृत तोकआदेशमा कर्मचारी भर्ना गर्दै’ समाचार बाहिरिएपछि अख्तियारले मेयर र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यादवमाथि अनुसन्धान थालेको हो।
अख्तियार इटहरीले राजविराज नगरपालिकालाई पत्र लेख्दै नगरपालिकाले कुन आधारमा कर्मचारी भर्ना गरिएको भन्दै सम्बन्धित सम्पूर्ण कागजात मगाएको अख्तियारका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा बताउनुभयो ।
नगर प्रमुख भीमराज यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बित छन्।
यता कार्यबाहक नगरप्रमुख भएकी उपप्रमुख इसरत परबिनले हालसम्म तीनजनालाई आफ्नो तोकआदेशमा दैनिक ज्यालादारीमा नियुक्ति दिएकी छिन् । उनले अाफने छाेरि राजविराज नगरपालिका वडा न.– १ की ईशा परबिनलाई असोज ४ मा र मोहम्मद सलाउद्दिनलाई असोज ९ तथा राजविराज– २ का हरिनारायण साहलाई असोज ११ मा नियुक्ति दिएकी हुन्।
निशालाई दैनिक एक हजार ९६ रुपैयाँ तलब दिने गरी कम्प्युटर अपरेटरमा नियुक्ति दिइएको छ । त्यस्तै सलाउद्दिनलाई दैनिक सात सय रुपैयाँ दिने गरी कार्यालय सहयोगी तथा हरिनारायणलाई दैनिक एक हजार एक सय ५७ रुपैयाँ दिने गरी सहायकस्तरको पाँचौँ तहमा नियुक्ति दिइएको छ । यसअघि प्रमुख प्रशासकीय अधिकृत रहेका भोगेन्द्र यादवले समेत तोकआदेशका भरमा नियुक्ति दिएका थिए।
उनी स्थानीय चुनावअघि ०७८ चैत १६ देखि गत भदौ ४ सम्म प्रमुख प्रशासकीय अधिकृत रहेका थिए। यादवले नौसाद अली, सुरज कार्की, श्यामनारायण यादव, जगदेव यादव, राजेशकुमार दास र प्रदीपकुमार यादवलाई करारमा नियुक्ति दिएका थिए।
यसअघि भ्रष्टाचारमा मेयर निलम्बित, उपमेयर र प्रशासकीय अधिकृत तोकआदेशमा कर्मचारी भर्ना गर्दै भन्ने समाचार गामघर डटकम सहितका अन्य सन्चारमाध्यमले प्रकाशन प्रसारण गरेको थियो।
प्रकाशित मिति: २०२३-०५-२९ , समय : १५:०६:२५ , २ वर्ष अगाडि