राजविराजमा नियमित सन्चालित निशुल्क याेग शिबिरमा महिलाहरुकाे अाकर्षण बढदै

मिति: २०२३-०५-२९ , समय : १३:०४:०९ , शुभ नारायण यादब

तस्बिर : शुभ नारायण यादव / गामघर टिभिबाट

शुभ नारायण यादब

राजविराज । सप्तरीको सदरमुकाम राजविराजमा नियमित सन्चालित निशुल्क याेग शिबिरमा महिलाहरुकाे अाकर्षण बढदै गएकाे छ । पतन्जलि याेग साधना केन्द्रले बिहान ५ बजेदेखि ७ बजे सम्म दुई घण्टा सम्म नियमित रुपमा निशुल्क याेग शिबिर सन्चालन गर्दै अाइरहेकाे छ । महिला पतन्जलि याेग समिति सप्तरीकि काेषाध्यक्ष तथा याेग शिबिरकि सन्याेजक बबिता देवी यादवकाे बिशेष पहलमा राजविराज स्थित राज रङ्गशालाकाे कबड हलमा सन्चालित साे शिबिरमा खासगरी स्थानीय महिलाहरुकाे अाकर्षण बढेको तथा उनिहरु नियमित रुपमा याेग गराे ,निराेग रहाे भन्ने उदेश्यले साे याेग शिबिर गर्दै अाइरहेकाे महिला समितिकि महामन्त्री मालति दासले बताइन । यसअघि विभिन्न राेगले बिरामी परेको तथा नियमित रुपमा बिहानैदेखि याेग गर्न थालेपछि अाफनाे सबै राेग निकाे भएको महशुस गर्दै खुशि ब्यक्त गर्छिन शिबिरमा सहभागी अनिता शर्मा । उनी जस्तै अधिकाश याेगमा सहभागीहरुकाे नियमित याेग शिबिरमा सहभागी भए पछि विभिन्न राेगबाट मुक्ति पाएकाे अर्का सहभागी मुन्नु श्रेष्ठ बताउँछिन् । उक्त नियमित याेग शिबिर निशुल्कु रुपमा सन्चालन रहेकोले सम्पूर्ण जिल्लाबासिहरुलाइ सहभागी भइ माेकाकाे फाइदा उठाउनका लागि पन्तजलि याेग समिति सप्तरीका अध्यक्ष राम स्वरुप चौधरीले अनुरोध गरेको छ । यता साे शिबिर जिल्लाकाे सबै १८ वटे पालिकाहरुमा नियमित रुपमा सन्चालन हुदा धेरै फाइदा हुने विश्वास ब्यक्त गर्छन याेग समितिका मधेस प्रदेशका सन्चार प्रभारि किसुन देव यादव । उक्त याेग शिबिर सप्तरीको सदरमुकाम राजविराज सहित जिल्लाकाे बाेदे बरसाइन , हनुमाननगर ,कन्चनपुर ,रुपनि ,खडक , तिलाठि काेइलाडि लगायतका स्थानमा सन्चालनमा रहेको तथा अगामि अार्थिक बर्षदेखि हरेक पालिकाकाे वडा वडामा सन्चालन गर्ने लक्ष्य रहेको मिडिया प्रभारि यादवकाे भनाइ रहेको छ ।

प्रकाशित मिति: २०२३-०५-२९ , समय : १३:०४:०९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित