मधेस प्रदेश : घुस लिँदै गर्दा पक्राउ परेका वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मिति: २०२३-०५-२६ , समय : १४:४८:३५ , गामघर डेस्क
मिति: २०२३-०५-२६ , समय : १४:४८:३५ , गामघर डेस्क
गामघर डेस्क
जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेका अवस्थामा पक्राउ परेका मधेस प्रदेशको जनकपुरधाम उपमहानगरपालिका–११ का वडाध्यक्ष र सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले जग्गा दर्ता सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग्दै गरेका आधारमा आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई ५० हजार रुपैयाँ घुस रकमसहित केही समयअघि पक्राउ गरेको थियो ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार आरोपीद्वयलाई बिगोबमोजिम कैद सजाय र बिगो असुलको माग गर्दै आज शुक्रवार मुद्दा दायर गरिएको हो ।
प्रकाशित मिति: २०२३-०५-२६ , समय : १४:४८:३५ , २ वर्ष अगाडि