सप्तरी प्रहरीद्वारा लाखौंको अबैध सामान बरामद
मिति: २०२३-०२-२६ , समय : २१:४३:१४ , गामघर डेस्क
मिति: २०२३-०२-२६ , समय : २१:४३:१४ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरी प्रहरीद्वारा भारतीय मोटरसाइकल प्रयोग गरि भारतबाट नेपालतर्फ लाउदै गरेको लाखौंको अबैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको गस्ति टोलीले सप्तरीको क्नेश्वरी नगरपालिका वडा न.६ स्थित नहरबाट भन्सार छ्ली ल्याउदै गरेको १ लाख २१ हजार ६ सय रुपैयाँको अबैध सामान नियन्त्रणमा लिएको हो । भारतबाट नेपाल तर्फ आउदै गरेको बिआर ०६ एच २९६३ नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा मोटरसाइकल र समान फालि मानिस फरार भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै ३५ हजारको मोटरसाइकल, ३१ हजारको सागर दूध तीन बोरा, २२ हजारको क्याप्टेन चुरोट २ सय ४० बट्टा,९ हजार ६ सयको १सय २० बट्टा तुलसी, ६ हजारको कलंकी रक्सी ९० बोतल, १८ हजारको विडि ६० प्याकेट गरि १ लाख २१ हजार ६ सय मूल्य बराबरको सामान बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद सामानहरु आवश्यक कारबाहीका लागि भन्सार कार्यालय तिलाठी पठाईएको तथा फरर मोटरसाइकल चालकको खोजी भईरहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिनुभयाे । पछिल्लोपटक सिमावर्ति नाकाहरुमा चेकजाँचमा कडाइ गरेपछि धमाधम समानहरु पक्राउ पर्न थालेको छ ।
प्रकाशित मिति: २०२३-०२-२६ , समय : २१:४३:१४ , २ वर्ष अगाडि