राजविराजको शिव स्कुलमा अध्ययनरत एक विद्यार्थीको करेन्ट लागेर मृत्यु , घटनाको छानवीनकाे माग गर्दै मृतक परिवारद्वारा प्रदर्शन
मिति: २०२३-०५-२६ , समय : १३:१९:५२ , शुभ नारायण यादब
मिति: २०२३-०५-२६ , समय : १३:१९:५२ , शुभ नारायण यादब
शुभ नारायण यादब
राजविराज । सप्तरीको राजविराजको शिव इनटरनेशनल बोर्डिङ सेकेन्डरी स्कुल कक्षा १० मा अध्ययनरत एक विद्यार्थीको करेन्ट लागेर मृत्यु भएको छ ।
विद्यालयद्धारा आयोजित हाउस वाईज क्रिकेट तुर्नामेंटमा साउण्ड सिस्टम बजाउने तयारी गर्दैगर्दा करेन्ट लागेर राजगढ गाउँपालिका वडा न. १ झुटकी वस्ने १५ वर्षीय राजा भनिने तेसलान्नद यादवको आज बिहान मृत्यु भएको हो ।
सप्तरीको राजविराज कुनौली रोडमा रहेको सो विद्यालयमा शुक्रबार करेन्ट लागेर घाइते भएका विद्यार्थीलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराजमा पुराएलगत्तै उनको मृत्यु भएको थियो ।
यता साे सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एव प्रबक्ता नरेश कुमार सिंहले घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताए । यसेबिच मृतकका आफन्त तथा बिघार्थिहरुले विद्यालयको लापर्बाहीले गर्दा साे घटना भएको भन्दै निष्पक्ष छानबिनको माग गर्दै राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पताल तथा स्कुल अगाडि बिहानैदेखि टायर बालेर प्रदर्शन गरिरहेका छन । उनिहरुले साे घटनाको वास्तविक छानविन गरि दाेषिमाथि अावश्यक कारबाही तथा मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेको स्थानीय युवा नेता दिप्पु यादव बेदर्दिले जानकारी दिनुभयो । अाफुहरुकाे जायज माग पूरा नभए सम्म अान्दोलन जारि रहने अान्दोलनकारिहरुले बताएका छन ।
प्रकाशित मिति: २०२३-०५-२६ , समय : १३:१९:५२ , २ वर्ष अगाडि