ऋण चुक्ता गर्न ७० वटा सहकारीलाई स्वरोजगार कोषको ३५ दिने सूचना
मिति: २०२३-०५-२४ , समय : ०७:४०:२२ , गामघर डेस्क
मिति: २०२३-०५-२४ , समय : ०७:४०:२२ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डौ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले थोक कर्जा सम्झौता गरी लिएको ऋण चुक्ता गर्न ७० वटा सहकारीलाई सूचित गरेको छ ।
आज सार्वजनिक सूचना निकालेर कोषले कोषलाई बुझाउनुपर्ने साँवा, ब्याज र हर्जानासहितको सम्पूर्ण रकम ३५ दिनभित्र बुझाउन आग्रह गरेको हो ।
कोषले तोकिएको समयमा रकम नबुझाएमा संस्थाका सञ्चालक समिति, लेखा समिति एवम् कर्जा उप–समितिको तीनपुस्ते विवरणसहित रकम असुलीको लागि कालोसूचीमा राख्ने चेतावनी दिएको छ ।
ऋण चुक्ता गर्नुपर्ने गरी कोषले निकालेको विवरण अनुसार सबैभन्दा धेरै कर्णाली प्रदेशका २८ वटा सहकारी रहेका छन् ।
त्यस्तै कोशी प्रदेशका १४, मधेस प्रदेशका ११, बाग्मतीका १०, लुम्बिनीका ४ र सुदूरपश्चिम प्रदेशका ३ वटा सहकारी छन् ।
सात प्रदेशमध्ये गण्डकीमा सञ्चालनमा रहेका सहकारी यो सूचीमा परेका छैनन् ।
थोक कर्जा तिर्न बाँकी सहकारीमध्ये रकम बुझाइ हिसाब मिलान गर्न बाँकी भएमा कोषको सचिवालयमा आवश्यक भौचरसहित हिसाब मिलान गर्न पनि कोषले अनुरोध गरेको छ । उज्यालो
प्रकाशित मिति: २०२३-०५-२४ , समय : ०७:४०:२२ , २ वर्ष अगाडि