मधेस प्रदेशका नवनियुक्त ३ जना मन्त्रीले शपथ लिए
मिति: २०२३-०५-२३ , समय : १८:५८:३५ , गामघर डेस्क
मिति: २०२३-०५-२३ , समय : १८:५८:३५ , गामघर डेस्क
गामघर डेस्क
जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेस प्रदेश सरकार विस्तार गरिएको छ । नेकपा एमाले सरकारबाट बाहिरिएको डेढ महिनापछि आज मङ्गलवार नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) सहित सरकार विस्तार गरिएको हो ।
मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा कांग्रेसबाट प्रदेश संसदीय दलका नेता कृष्ण यादव र वीरेन्द्रप्रसाद सिहं तथा एकीकृत समाजवादीबाट संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने सरकारमा नयाँ जिम्मेवारीसहित सहभागी भए ।
कांग्रेसका यादव भौतिक पूर्वाधार तथा विकास, सिंह स्वास्थ्य तथा जनसङ्ख्या र समाजवादीका न्यौपानेलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
आज मधेस भवनमा आयोजित एक विशेष समारोहमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष तीनै जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए ।
केन्द्रमा सत्ता गठबन्धन फेरबदल भएसँगै गएकाे चैत २१ गते एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको थियो । मधेस–प्रदेश सरकारमा सहभागी एमालेका चार मन्त्री र एक राज्यमन्त्रीसहित पाँच जनाले मुख्यमन्त्री यादवसमक्ष सामूहिक राजीनामा दिएका थिए । एक मन्त्री पाउने सहमति भए पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागी भएको छैन ।
प्रकाशित मिति: २०२३-०५-२३ , समय : १८:५८:३५ , २ वर्ष अगाडि