सप्तरीको लौनियाँमा मदिरा बिक्री वितरण नियन्त्रण गर्ने युवा वडाअध्यक्ष कमलकाे उदाहरणीय प्रयास….
मिति: २०२३-०५-२३ , समय : १४:२७:४६ , गामघर डेस्क
मिति: २०२३-०५-२३ , समय : १४:२७:४६ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
विगत केही समययता मदिराको बिक्री वितरण अत्याधिकै बढेको छ । ग्रामीण क्षेत्रको किराना पसलहरुमा समेत मदिरा बेच्ने गरिएको पाइएको छ । यस्तै अवस्था भौग्दै आएका एक वडाका युवा वडाअध्यक्षले मदिरा बिक्री वितरणलाई नियन्त्रण गर्न सक्रियता देखाएका छन् ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा न.२ लौनियाँका वडा अध्यक्ष कमल कुमार मण्डलले सोमबार एक सुचना जारी गर्दै अवैध रुपमा वडामा हुने मदिरा तथा लागुऔषध बिक्री वितरणलाई बन्द गर्न निर्देशन दिएका छन् ।
मदिरा बिक्री वितरणको सन्दर्भमा जारी सुचनामा अनुमति पत्र नभएका व्यवसायी तथा व्यापारीले विक्री वितरण गर्न नपाइने, ईजाजत पत्र भएकालाई राति साढे ८ बजेसम्म मात्र बिक्री वितरण गर्न पाइने, विद्यालय, स्वास्थ्य संस्था, धार्मिक स्थल, सरकारी कार्यालय तथा गैर सरकारी संस्थाको २०० मिटर वरिपरि पसल लगाउन नपाउने, १८ बर्ष मुनिका बालबालिकालाई मदिरा बिक्री तथा ओसारपसारमा समेत गराउन नपाउने, ईजाजत पत्र भएका पसलेलाई ईजाजत पत्र सबैले देख्ने गरी राख्नुपर्ने लेखिएको छ ।
यस्तो निर्णय समाजिक छलफल अनुसार नै गरेको बडा अध्यक्ष मण्डलले बताए । ‘ वडामा अत्याधिकै मदिरा पसलहरु संचालनना आइसकेको छ, म कहाँ पनि मदिरा पसल दर्ताको सिफारिसको लागि एक दुईजना आएको थियो तर मैले दिइन् ,’ उनले भने ‘पछि वडाका भरभलादमी बसेर सबैको सल्लाह अनुसार नै यस्तो निर्णय गरिएको हो ।’
यस कार्यमा कसैले असहयोग गरे उसलाई स्थानीय सेवा सुविधा रोका गरी कारवाहीको लागि सिफारिस समेत गर्ने जनाइएको छ ।
उनले पालिका भित्रका वडाहरूमा भइरहेको यसमा कार्यलाई रोक्न पालिकाबाट पनि कदम चालियोस् भने माग राखेका छन् ।
वडा अध्यक्ष मण्डलले अवैध तथा गुणस्तरहिन मदिराहरु नियन्त्रण र व्यवस्थित गरी सभ्य समाजको निर्माणको लागि व्यवसायी, व्यपारी, सर्वसाधारण र सबै सरोकारवालासँग सहयोग गर्न आग्रह गरेका छन् ।
प्रकाशित मिति: २०२३-०५-२३ , समय : १४:२७:४६ , २ वर्ष अगाडि