मधेश प्रदेश सरकारमा कांग्रेस र एकीकृत समाजवादीबाट तीन मन्त्री नियुक्त

मिति: २०२३-०५-२३ , समय : १२:०५:२७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
धेरै लामाे समयकाे प्रयासपछि मधेश प्रदेश सरकारमा आज नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टी सहभागी भएको छ ।
काँग्रेस २ र एकीकृत समाजवादी एक मन्त्रालय लिएर सहभागी भएको हो ।

काँग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र स्वास्थ्य मन्त्रीमा वीरेन्द्रकुमार सिंह नियुक्त भएका छन् । यस्तै समाजवादी पार्टीबाट दलका नेता गोबिन्द बहादुर न्यौपाने मन्त्रीमा नियुक्त भएका हुन् ।

मुख्यमन्त्री सरोजकुमार यादवले नियुक्त गरेका तीन मन्त्रीको शपथ दिउँसाे १ बजे प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ ।

प्रकाशित मिति: २०२३-०५-२३ , समय : १२:०५:२७ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित