नक्कली भुटानी शरणार्थी प्रकरण : २२ जाहेरी दर्ता, १ सय १३ जना पीडित प्रहरी सम्पर्कमा
मिति: २०२३-०५-२२ , समय : १८:४२:२४ , गामघर डेस्क
मिति: २०२३-०५-२२ , समय : १८:४२:२४ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । नक्कली भुटानी शरणार्थी प्रकरणमा पीडित भएको भन्दै अहिलेसम्म एक सय १३ जना प्रहरीको सम्पर्कमा आएका छन् । पीडितका तर्फबाट २२ जाहेरी दर्ता भएको छ।
जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार जाहेरीमा २७ करोड रुपैयाँभन्दा बढी ठगी भएको उल्लेख छ । यस प्रकरणमा सुरुआतमा ८१ जनाको १३ करोड रुपैयाँ ठगी भएको भन्दै काठमाण्डाै उपत्यका अपराध अनुन्धान कार्यालयलमा उजुरी परेको थियो ।
कार्यालयले थप अनुसन्धान तथा कारबाहीका लागि पक्राउ परेका व्यक्तिसहित फाइल जिल्ला प्रहरी परिसर काठमाण्डाैलाई बुझाएको छ । त्यसपछि थप व्यक्तिले जाहेरी दिएका रिजालले बताउनुभयो ।
याे मुद्दामा आजसम्म प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । केही व्यक्ति फरार छन् । केही व्यक्ति अनुसन्धानको घेरामा रहेकाले दरिलो प्रमाण जुटाउने प्रयास भइरहेको उहाँको भनाइ छ ।
गएकाे वर्ष चैत १२ गतेदेखि प्रहरीले आरोपीतलाई पक्राउ गर्न थालेको हो । रासस
प्रकाशित मिति: २०२३-०५-२२ , समय : १८:४२:२४ , २ वर्ष अगाडि