नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा विश्वस्त छैनन् सत्तारुढ दलकै सांसद

मिति: २०२३-०५-२२ , समय : १८:३९:५८ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा सत्तारुढ दलका सांसदहरु नै विश्वस्त छैनन् । सोमवार आजको राष्ट्रिय सभाको बैठकमा सत्तारुढ दलका सांसदहरुले नै सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा विश्वस्त हुन नसकेको अभिव्यक्ति दिएका हुन्।

राष्ट्रिय सभा सदस्य नरबहादुर विष्टले नेपाली नागरिकको चाहना अनुसार राज्यले गर्नुपर्ने दायित्व धेरै भएको र त्यही अनुसार सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरे पनि कार्यान्वयन हुन्छ भन्नेमा विश्वस्त नरहेको बताउनु भयो । उहाँले हरेक वर्ष नीति तथा कार्यक्रम आउने तर कार्यान्वयन हुन नसक्ने अवस्था रहेको भन्दै यस वर्ष पनि कार्यान्वयन हुनेमा पूर्ण रुपमा विश्वस्त हुन नसक्ने बताउनु भयो ।

त्यस्तै, राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल पार्वतीले समावेशी र समन्यायिक विकासका आधारमा नीति तथा कार्यक्रम नआएको बताउनु भयो । उहाँले सरकार पालिका र प्रदेश सरकारका समस्या समाधान गर्नेतर्फ संवेदनशील बन्न नसकेको आरोप लगाउनु भयो । उहाँले कर्मचारी नहुँदा पालिकामा विकास निर्माणकाे कामले गति लिन नसकेको पनि बताउनु भयो ।

राष्ट्रिय सभा सदस्य कमला पन्तले नीति तथा कार्यक्रमका विषयहरु सकारात्मक रहे पनि कार्यान्वयनको चरण चिन्ताको विषय भएको बताउनु भयो । उहाँले भ्रष्टाचार नियन्त्रणप्रति पूर्ण प्रतिबद्ध, हरित अर्थतन्त्रलगायतका प्रकृतिमैत्री अर्थतन्त्रका कार्यक्रमहरु स्वागतयोग्य रहेको बताउनु भयो ।

राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई समेटेर प्रस्तुत गरिएको बताउनु भयो । उहाँले कार्यक्रमहरु राम्रो भए पनि कार्यान्वयनको समस्या भएको बताउनु भयो । त्यस्तै, राष्ट्रिय सभा सदस्य राईले नीति तथा कार्यक्रम कार्यान्वयन हुने किसिमको बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । उज्यालो

प्रकाशित मिति: २०२३-०५-२२ , समय : १८:३९:५८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित