मधेस प्रदेश : करार कर्मचारी तथा ज्येष्ठ नागरिकहरुले नगरपालिकामा तालाबन्दी गरे
मिति: २०२३-०५-२२ , समय : १८:३६:५७ , गामघर डेस्क
मिति: २०२३-०५-२२ , समय : १८:३६:५७ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशको धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा करारका कर्मचारी तथा ज्येष्ठ नागरिकहरुले तालाबन्दी गरेका छन् । २०७४ पछि नियुक्त भएका करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेपछि करारका कर्मचारीले र सामाजिक सुरक्षा भत्ता नपाएपछि ज्येष्ठ नागरिकहरुले तालाबन्दी गरेका हुन् ।
सोही पालिकामा विगत ६ वर्षदेखि कार्यरत करारका कर्मचारी जमिल अख्तरले राजनीतिक पूर्वाग्राही रुपमा आफूहरुमाथि विभेद भएको बताए । कार्यपालिकाले करारका कर्मचारीलाई करार अवधि नथपेपछि आफूहरुले तालाबन्दी गरेको उनले बताए ।
उनले नगर प्रमुख सुखदेव यादव र प्रमुख प्रशासकिय अधिकृत सिवेन्द्र मण्डल मिलेर फरक आस्था भएका कर्मचारीलाई बिनाकारण हटाइएकोप्रति ध्यानाकर्षण गराउँदै माग पूरा नभएसम्म तालाबन्दी यथावत् राख्ने बताए ।
करार कर्मचारी सबैको नियुक्ति खारेज वा म्याद नथपिएका कर्मचारीको म्याद थप गर्नुपर्ने मागसहित ५४ जना कर्मचारीले तालाबन्दी गरेका हुन् ।
अख्तरले सो पालिकामा कार्यरत करारका कर्मचारीले विगत ११ महिनादेखि तलबबाट समेत बञ्चित रहेको सुनाए । त्यस्तै, ज्येष्ठ नागरिकहरुले पनि सामाजिक सुरक्षा भत्ताबापतको तेस्रो किस्ता रकम अहिलेसम्म पाएका छैनन् ।
प्रकाशित मिति: २०२३-०५-२२ , समय : १८:३६:५७ , २ वर्ष अगाडि