मधेस प्रदेश : सिल प्याक मिनरल वाटर बोतलमा झिंगा भेटिएपछि…

मिति: २०२३-०५-२२ , समय : ०९:१७:३३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुर ।
स्वास्थ्यको मामिलामा संवेदनशिल रहेको मिनरल पानीको बोतलमा झिँगा फेला परेका छन । मधेस प्रदेशको धनुषाबाट उत्पादित हुने आरती धारा नामक पानीको बोतलमा मरेको झिँगा फेला परेको हो।

धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ७ किसानपुरबाट प्याकिँग हुने गरेको आरती धारा नामको पानीको बोतलमा मरेको झिंगा भेटिएपछि गुणस्तरहिन पानी बेच्ने गरेको खुलेको छ।

धनुषाको सबैला नगरपालिका ९ स्थित भठिहन बजारको एक पसलमा बेच्नको लागि दिएको पानीको बोतलमा झिँगा फेला परेको हो । स्वास्थ्यको लागि हानिकारक किरा मानिएको झिँगा पानीको बोतलमा भेटेपछि बिना प्यूरिफाई गरी पानी मूल्य लिएर बेच्ने गरेको आरोप लगाइएको छ।

घरेलु उद्योग वा फुड सेफ्टी डिपार्टमेन्टले अनुगमन नगर्दा गुणस्तरहिन पानी विक्री वितरण गर्दै आएको छ । आरती धाराले उत्पादन गर्ने बोत्तलमा कुनै मितिसिति समेत लगाइएको देखिदैनन् । 

पानीको बोतलमा किरा भेटिएपछि आरति धारा सन्चालकले उक्त बोतलमा चापाकलबाट पानी भरि कम्पनिलाइ बदनाम गर्न लागेको जनाइएको छ।

प्रकाशित मिति: २०२३-०५-२२ , समय : ०९:१७:३३ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित