सप्तरीको सोनरामा स्थानीयद्वारा सार्वजनिक बाटो विगत ६ वर्षदेखि बन्द….सरोकारबाला मौन

मिति: २०२३-०५-२१ , समय : १२:५०:०० , गामघर डेस्क

तस्बिर : गामघर टिभिबाट

गामघर डेस्क

राजबिराज । सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ सोनरामा सार्वजनिक बाटो बन्द गरेर स्थानीयबासीलाई आवत जावत गर्न बाधा पुर्याएका छन । वडाध्यक्ष जयश्वर किशोर दासले केहि चासो न देखाएको भन्दै त्यहाँका बासिन्दाले आक्रोश जनाएको छ ।
सार्वजनिक बाटो बन्द गर्दा पनि गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष र वडाध्यक्षले अरूको पिर मार्क हेर्दा पनि बाटो न खोलेको भन्दै त्यहाँका बासिन्दाले गुनासो पोखेका छन।
गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डल,उपाध्यक्ष अर्चनाकुमारी यादव,वडाध्यक्ष जयश्वर किशोर दास आफैंले बाटो खोल्नु पर्नेमा अरु पक्षसित वार्ता गरी निकास निकालेका छैन । सार्वजनिक बाटो बन्द गर्न गाउँपालिकाकै एक ब्यक्तिले गर्दा अर्को ब्यक्तिले बन्द गरेका छन् भने अरुको सहभागी रहेको स्थानियको आरोप छ । सो बाटो खोलाउन स्थानिय राधे श्याम यादवले गाउँपालिकमा न्यायीक समितिमा २०७७ कार्तिक १६ गते तीन सय दस्तुर तिरेर निवेदन दर्ता गर्दा पनि हालसम्म कुनै टेरपुच्छर नलगाएर गापा पदाधिकारी मौन बसेको स्थानियको आरोप छन । गापाका उपाध्यक्ष अर्चनाकुमारी यादवका अनुसार पुरानो मुदामा तारेक छोडेर वसेको कारण त्यो मुदा अहिले तामेलीमा रहेकोले नयाँ शिराबाट प्रकृया अगाडी बढाउनको लागी पुनः मुदा दर्ता गर्नु पर्ने बताउनु भयो ।
यसरी सर्वसाधारणले प्रयोग गर्ने बाटो बन्द गर्ने अधिकार कसैलाई हुँदैन । त्यसमाथि पनि गाउँपालिकाका र वडाध्यक्षले केही प्रतिक्रिया न देखाउँदा त्यहाँका जनता हतास भइसकेको छ र संलग्नतामा बाटो बन्द गरिनु त अझै घोर आपत्तिजनक नै हो ।
सप्तरीमा बाटो मिच्ने गरिएका घटना यस अघि पनि पटक–पटक भईसकेका छन् । कथित उपल्लो जातिकाले दलित बस्तीमा बाटो बन्द गरेका समाचार पनि पटक पटक आएकै हुन् । यस्ता कुरालाई सम्बेदनशील रुपमा लिन नसकेर हो वा बुझेर पनि बुझ पचाउने गरेका कारणले हो, बाटो बन्द गर्ने घटना हुन छाडेका छैनन् । विगतमा सानातिना विवाद हुँदा वा चित्त नबुझदा पनि सडक अबरुद्ध हुने गरेका थिए ।
सर्वसाधारणले निर्बाध आवागमन गर्न पाउने अधिकारमाथि कुठाराघात गर्दै बाटो रोक्ने गरिएको थियो । गाउँघरमा यस प्रकारका घटना अहिले पनि भई नै रहेका कारण यस्तो सम्बेदनशील विषयमा सरोकारवालाहरुले बन्दकर्तालाई सम्झाउने तथा सार्वजनिक स्थलको महत्वका बारेमा जानकारी दिएर भविष्यमा यस्तो काम हुन नपाओस् भन्ने तर्फ चासो लिन जरुरी छ ।

प्रकाशित मिति: २०२३-०५-२१ , समय : १२:५०:०० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित