सप्तरीको सिमाबर्ति नाकामा अबैध स्याउ भारत तस्करी हुदै …सप्तरी प्रहरी तस्करी गराउदै ,प्रदेश प्रहरी समान समाउदै

सप्तरीको बेल्हिबाट लाखौंको भन्सार छलिएका स्याउ बरामद

मिति: २०२३-०५-२० , समय : ०८:२०:२८ , शुभ नारायण यादव

तस्बिर : गामघर टिभि

शुभ नारायण यादव

राजविराज । पछिल्लोपटक सप्तरीको विभिन्न सिमावर्ति नाकाबाट अबैध समान तस्करी फष्टाएकाे छ । चिनबाट अायात भएकाे चाइनिज स्याउ सप्तरीको विभिन्न सिमावर्ति नाका भएर स्थानीय प्रहरी प्रशासनकाे मिलाेमताेमा तस्करी भइरहेको खुलासा भएको छ । साेहि क्रममा सप्तरी बलान बिहुल गाउपालिका वडा न. – ४ बेल्ही स्थित सन्तोष यादवको घरमा सटर भित्र भन्सार छलि गरी अवैध रुपमा भारत तर्फ पठाउन लाखौंको तयारी अवस्थामा स्याउ राखिएको अवस्थामा प्रदेश प्रहरीले बरामद गरेपछि यस्तो खुलासा भएको हाे । सप्तरी प्रहरीले पक्राउ गर्न नसकेको साे चाइनिज स्याउ प्रदेश प्रहरीले गोप्य सुचनाका आधारमा नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ । प्रहरी स्रोतकाअनुसार साे चाइनिज स्याउ चिनबाट नेपाल ल्याएको तथा नेपालबाट तेस्रो देश भारततर्फ चाेरि तस्करी गराउनकाे लागि गाेदाममा राखिएको थियाे । तर प्रदेश प्रहरीले गाेप्य सुचना पाएपछि घरकाे गाेदाममा छापामारि गरिएको लाखौं मुल्यकाे साे स्याउ बरामद गर्न सफल भएको छ ।

प्रहरीकाे टोलीले झण्डै तीन सय पचासि काटुन स्याउ अन्दाजी मुल्य रु १५,४०,०००/- (पन्ध्र लाख चालिस हजार) बरावरको चाइनिज स्याउ बरामद गरीएकाे राजविराज भन्सार कार्यालय तिलाठि बेल्हिले जनाएको छ। पछिल्लोपटक सिमामा खटिएका सशस्त्र तथा नेपाल प्रहरीकै मिलाेमताेमा अबैध समानहरु महिनावारी रकम लिएर खुल्लेअाम रुपमा तस्करी भइरहेको स्थानीय जानकारहरुकाे कथन रहेको छ । यता बरामद गरिएका साे चाइनिज स्याउ आवश्यक कारवाहीको लागी भन्सार कार्यालय तिलाठिमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०५-२० , समय : ०८:२०:२८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित