मधेश प्रदेशमा जसपा नेपालकै मुख्यमन्त्री रहने सहमति

मिति: २०२३-०५-१९ , समय : १५:३८:१७ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुर ।
मधेश प्रदेशमा आलोपालो अनुसार अहिले जसपाकै नेतृत्वमा सरकार रहने सत्ता गठबन्धन दलहरुबीच सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा दलहरुबीच यस्तो सहमति भएको गठबन्धन दलका नेताहरुले बताएका छन् ।

अहिले मधेश प्रदेश सरकारको नेतृत्व जसपाले गरिरहेको छ । तर केन्द्रीय सत्ता गठबन्धनमा आएको फेरबदलसँगै कांग्रेसले आलोपालो अन्तर्गत पहिलो चरणमा आफ्नो दलले सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडान लिँदै आएको थियो ।

कांग्रेसको अडानका कारण मधेश प्रदेश सरकार पुनर्गठन हुन सकेको थिएन ।

प्रधानमन्त्री निवासमा यो विवाद मिलाउन केही दिनदेखि नियमित बैठक बस्दै आएको थियो ।

अाज शुक्रबार बसेको बैठकले मधेसमा आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा जसपा नेतृत्वकै सरकारलाई निरन्तरता दिने माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं मधेश प्रदेश माओवादी संसदीय दलका नेता भरत साहले बताए ।

प्रकाशित मिति: २०२३-०५-१९ , समय : १५:३८:१७ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित