क्रिकेटर सन्दीप लामिछानेको मुद्दालाई हेर्दाहेर्दैमा…..

मिति: २०२३-०२-२६ , समय : १८:४३:१३ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । सर्वाेच्च अदालतलले क्रिकेटर सन्दीप लामिछानेको मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ । आज आइतवार बहस नसकिएपछि लामिछानेको मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो ।

यस मुद्दामाथि भाेलि साेमवार बहस हुने भएको छ । आज न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा बहस भएको हो । बलात्कारको आरोपमा लामिछानेलाई जिल्ला अदालत काठमाण्डाैले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । त्यसका विरुद्ध सन्दीप उच्च अदालत पाटन पुगेका थिए । उच्च अदालतले विदेश जान नपाउने गरी २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

त्यसका विरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको थियो । त्यस्तै लामिछानेले पनि विदेश जान पाउनुपर्ने माग गर्दै निवेदन दिएका थिए । सर्वोच्चले दुवै निवेदनलाई एउटै ठाउँमा राखेर सुनुवाइ तोकेको थियो । सोमवार पनि न्यायाधीशद्वय मल्ल र चुडालकै इजलासमा सुनुवाइ हुनेछ । उज्यालोबाट

प्रकाशित मिति: २०२३-०२-२६ , समय : १८:४३:१३ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित