मधेस प्रदेशमा तस्करहरुसँग रकम असुली गर्न घुमुवा प्रहरी परिचालन…

मिति: २०२३-०५-१८ , समय : १५:४९:४९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुर । भारतको सिमानाकासंग जोडिएको पर्साको ग्रामिण भेगबाट खुलेयाम तस्करी भईरहेको पाईएको छ । ईलाका प्रहरी कार्यालय पोखरिया मातहत पर्ने सीमानाकाहरुबट प्रहरीकै मिलेमतोमा खुलेयाम तस्करी भईरहेको पाईएको हो ।
सीमानाकाबाट हुने तस्करीको रजगज कुनै नौलो विषय होईन, यहि तस्करी नियन्त्रण गर्न नेपाल सरकार सीमानाका लगायत ठाउँ–ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ । तर ईलाका प्रहरी कार्यालय पोखरिय मातहत पर्ने भिस्वा, आसवारी, मिर्जापुर, जानकिटोला, सबैठवा, धोरे, खेस्राहा, अमरपट्टि, प्रसौनिभठ्ठा, टिहुकि, बुडगाइ लगायतको क्षेत्रहरूबाट ब्यापक रूपमा तस्करी भईरहेको छ । यस नाकाहरुबाट संगठित रुपमै तस्कर समूह रातीको समयमा लत्ताकपडा, कुखुराको चल्ला, हार्डवेयर सामान, राँगाभैसी, गेहु लगायतका सामानहरु भारतबाट तस्करी भई नेपाल भित्रिने गरेको छ । भारतको सिक्टा संग जोडिएको भिस्वा नाकाबाट भने चाईनिज स्याउन, कबाड लगायतका सामानहरु भरततर्फ तस्करी भईरहेको छ । जुन तस्करी वापतको रकम असुल्न ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी प्रमुख प्रहरी निरीक्षक मोहन विक्रम केसीले प्रहरी सहायक हवल्दार सुरेन्द्र शर्मा र प्रहरी जवान जय कुमार मण्डललाई परिचालन गरेको स्रोतले बताएको छ ।
ईलाका प्रहरी कार्यालय पोखरिया मातहतका नाकाहरुबाट तस्करी गर्ने तस्कर समूहमा राम्रो पकट भएकोले निरीक्षक केसीले शर्मा र मण्डललाई परिचालन गरेको बुझिएको छ ।
ठुला बडा तस्कर सङ्ग मासिक रूपमा द्वय घुमुवा चान्दा उठाएर कार्यलय प्रमुख केसीलाई बुझाउने गर्दछन ।
द्वय घुमुवाले ठुला बडा तस्करीको मालसमान पक्राउ नगरी सर्वसाधारणलाइ समेत सास्ती दिने गरेको बताइन्छ । ठुला बडा तस्कर गर्ने गिरोह सङ्ग मासिक रूपमा नजराना बुझने गरेको र सर्वसाधारणलाइ मात्र दुख दिने गरेको स्थानीय सनोज महतो बताउछन ।
यस बिषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल विक्रम शाहको ध्यान जान अति अवाश्यक देखिन्छ ।

प्रकाशित मिति: २०२३-०५-१८ , समय : १५:४९:४९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित