झन्डै ७ वर्ष जेल बसेपछि अदालतबाट निर्दोष सावित

मिति: २०२३-०५-१८ , समय : १३:५६:१६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौँ ।
टीकापुर घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका एकजना सात वर्षपछि अदालतबाट निर्दोष सावित भएको छ ।

टीकापुर घटनामा सन्तकुमार चौधरी २०७३ वैशाखमा पक्राउ परेका थिए ।

उनलाई कैलाली जिल्ला अदालत र उच्च अदालत दीपायलले जन्मकैदको सजाय सुनाएका थिए । तर सर्वोच्च अदालतले भने मंगलबार निर्दोष ठहर गर्दै थुनामुक्त गर्न आदेश दिएको हो ।

बुधबार सन्तकुमार कैलाली कारागारबाट छुटेका छन् ।

सर्वोच्च अदालतले मंगलबार थुनामुक्त गर्न दिएको आदेशमा सन्तकुमार चौधरीको नाम भने छैन ।

सर्वोच्चले ‘विद्रोह’ भनिने सीताराम चौधरीलाई थुनामुक्त गर्न भनेको थियो । तर, बुधबार छुटे सन्तकुमार । सन्तकुमारको नाम अदालती कागजातमा टीकापुर घटनामा अभियोजन गरिएका ५८ जनामध्ये फरार रहेका ३१ जनाको सूचीमा छ ।

उनी फरार रहेको भनेर जिल्ला अदालत कैलालीमा उनको मुद्दा मुल्तबीमा छ, तर सन्तकुमार जिल्ला र उच्चको फैसलालाई सर्वोच्चले उल्ट्याइदिएपछि सात वर्षको बन्दी जीवनपछि थुनामुक्त भएका छन् ।

सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ भने अहिले आएको छैन् ।

प्रकाशित मिति: २०२३-०५-१८ , समय : १३:५६:१६ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित