राप्रपाका ४ जना मन्त्रीकाे राजीनामा स्वीकृत

मिति: २०२३-०२-२६ , समय : १८:३६:२४ , गामघर डेस्क

तस्बिर सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डाै । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार जना मन्त्रीको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा चार जना मन्त्रीको राजीनामा स्वीकृत गर्नुभएकाे हाे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राप्रपाका मन्त्रीहरूले सम्हालेको मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तोक्नुभएको छ ।

राप्रपाको तर्फबाट सरकारमा सहभागी उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देन, सहरी विकास मन्त्री विक्रम पाण्डे, कानुन न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले हिजो राजीनामा दिनुभएको हो । उज्यालोबाट

प्रकाशित मिति: २०२३-०२-२६ , समय : १८:३६:२४ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित