पाकिस्तानको कोहटमा कोइला खानीको विषयमा विवाद हुँदा १६ जनाको मृत्युु

मिति: २०२३-०५-१७ , समय : ०७:१०:३८ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

पाकिस्तान ।
पाकिस्तानको कोहट सहरमा कोइला खानी विवादमा दुई आदिवासी समुदायबीच झडप हुँदा १६ जनाको मृत्युु भएको छ ।

कोहटमा रहेको कोइलाखानी विवादले हिंसात्मक रूप लिँदा उनीहरुको ज्यान गएको कोहट प्रहरी कार्यालयलाई उद्धृत गरी समाचार संस्था एएनआईले जनाएको छ ।

खानीको सीमाङ्कनका बारेमा आदिवासी जनजाति समूहबीच झडप भएको थियो ।

बुलन्दरी पहाडको सीमाङ्कनलाई लिएर सुनिखेल र अखोरवाल जातिबीच लामो समयदेखि विवाद छ ।

दुवै पक्षले आफ्नो अडान नछाडेपछि घटना भएको प्रहरी कार्यालयले जनाएको छ। एजेन्सीबाट

प्रकाशित मिति: २०२३-०५-१७ , समय : ०७:१०:३८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्