मधेस प्रदेश : प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा तालाबन्दी
मिति: २०२३-०२-२६ , समय : १८:२२:०४ , गामघर डेस्क
मिति: २०२३-०२-२६ , समय : १८:२२:०४ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा वडाध्यक्षहरूले तालाबन्दी गरेका छन् ।
आइतबार प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवको कार्यकक्षमा वडा नम्बर १ का वडाध्यक्ष दिलिप यादव, वडा नम्बर–५ का वडाध्यक्ष दुखरण यादव, वडा नम्बर–६ का वडाध्यक्ष महाविर साह र वडा नम्बर–७ का वडाध्यक्ष गंगा साहले तालाबन्दी गरेका हुन् ।
दिउँसो २ बजेसम्म पनि प्रमुख प्रशासकीय अधिकृत यादव र फाँटका कर्मचारीहरू कार्यालयमा उपस्थित नभएकोले गाउँपालिकाका जनताहरू काम नै नगराई खालि हात घर फर्किन बाध्य हुँदा आफूहरूले तालाबन्दी गरेको वडा नम्बर १ का वडाध्यक्ष दिलिप यादवले बताए ।
‘दिउँसो २ बजेसम्म पनि कार्यालय नआउने हाकिम र कर्मचारीको के काम ? जनताको काम हुनुपर्नेमा कर्मचारी नै नआउँदा सबै आजित भएका छन् । जनताको कामका लागि हामी कुटाई खान पनि तयार छौं । समस्या समाधान नभए भोलिको दिनमा हामी थप सशक्त आन्दोलन गर्नेछौं’, उनले भने ।
उनले लक्ष्मीनियाँ गाउँपालिकामा करारका कर्मचारी हटाएर खुला प्रतिस्पर्धामार्फत दक्ष जनशक्ति भर्ना गरी नमूना गाउँपालिका बनाउने अभिप्रायले कार्यपालिका बैठकले निर्णय गरेको भएपनि अध्यक्ष भोगेन्द्र मिश्र र प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादव मिलेर करारका कर्मचारी नहटाई खुला प्रतिस्पर्धा नै नगरेर आर्थिक चलखेल गरी आफ्नो नातागोता र खल्तीका मान्छेलाई नियुक्त गरेको आरोपसमेत लगाएका छन् । टुडेपाटीबाट
प्रकाशित मिति: २०२३-०२-२६ , समय : १८:२२:०४ , २ वर्ष अगाडि